Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

सम्पत्ति बाँडफाँडलाई लिएर अर्बपति रावको हत्या, २९ वर्षीय नाति पक्राउ

सम्पत्ति बाँडफाँडलाई लिएर अर्बपति रावको हत्या, २९ वर्षीय नाति पक्राउ

  • काठमाडौं । भारतीय राज्य तेलंगानाको राजधानी हैदराबादबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । त्यहाँ वेल्जन ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक ८६ वर्षीय वेलामती चन्द्रशेखर जनार्दन रावको आफ्नै घरमा हत्या भएको हो । 

    अर्बपति वेलामतीको हत्याको आरोप अरू कसैलाई नभएर उनका आफ्नै २९ वर्षीय नाति किलारु कीर्ति तेजालाई लागेको छ । यही फेब्रुअरी ६ राति सोमाजीगुडास्थित वेलामतीको घरमा ७० पटकभन्दा बढी चक्कुले आक्रमण गरियो ।

    रिपोर्टअनुसार सम्पत्ति बाँडफाँडलाई लिएर भएको चर्को विवादपछि हत्या गरिएको हो । तेजाले आफ्नो हजुरबुबालाई सम्पत्ति राम्ररी बाँडफाँड नगरेको आरोप लगाउँदै विरोध गरेको बताइएको छ ।

    यो विवादपछि रिसको आवेगमा तेजाले रावलाई धेरैपटक छुरा प्रहार गरेको आरोप छ । उनको शरीरमा ७० ठाउँमा चक्कुका चोट लागेका छन् ।

    झगडाका क्रममा तेजाकी आमा अर्थात् रावकी छोरी सरोजिनी देवीले छुट्याउने प्रयास गरेकी थिइन् तर सकिनन्। उनलाई पनि चोटपटक लागेको छ । उनलाई अस्पताल लगिएको छ र हाल उपचार जारी छ ।

    अमेरिकाबाट स्नातकोत्तर डिग्री पूरा गरेपछि तेजा हालै हैदराबाद फर्किएका थिए । उनी र उनकी आमा छुट्टाछुट्टै बस्थे तर आक्रमण हुनुभन्दा अघि दुवै जना रावको निवासमा थिए । आक्रमणपछि तेजाविरुद्ध हत्या आरोपमा जाहेरी दर्ता गरिएको छ । उनलाई फेब्रुअरी ८ मा हिरासतमा लिइएको थियो र प्रहरीले अपराधबारे थप अनुसन्धान सुरु गरेको छ ।

    जनार्दन राव एक प्रसिद्ध उद्योगपति थिए । जहाज निर्माण, ऊर्जा र औद्योगिक अनुप्रयोगसहित धेरै क्षेत्रमा उनको योगदान थियो ।

    एलुरुको सरकारी जनरल अस्पताल र तिरुमला तिरुपति देवस्थानम जस्ता संस्थाहरूलाई गरेको परोपकारी दानका लागि पनि उनलाई सम्झिइन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij