Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

हुम्लाका दुई गाउँपालिकाका ६० विद्यालयमा माघ १५ देखि पठनपाठन हुने

हुम्लाका दुई गाउँपालिकाका ६० विद्यालयमा माघ १५ देखि पठनपाठन हुने

  • हुम्ला । यहाँका दुई गाउँपालिकाका ६० विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु हुने भएको छ । कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर विद्यालयमा पठनपाठन हुने भएको हो ।

    images
    images
    images

    कोरोना सङ्क्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताउनुभयो । सदरमुकाम सिमकोट गाउँपालिकाभित्रका विद्यालयमा पनि यही माघ १५ गतेदेखि पठनपाठन सुचारु गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिनुभयो । गाउँपालिका र विद्यालयका प्रधानाध्यापकबीचको बैठकले पठनपाठन शुरु गर्ने निर्णय गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij