
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न माग गर्दै अनलाइन टीभी पत्रकार संघले माइतीघरमा विरोध प्रदर्शन गरेको छ । सरकारले राष्ट्रियसभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक संशोधन नगरी पारित गर्न नहुने भन्दै संघ अहिले आन्दोलित छ ।
विरोधको क्रममा उनीहरूले आलोचनाको अधिकार खोस्न पाइँदैन, जनताको मुख थुन्न पाइँदैन लेखिएको प्लेकार्ड बोकेका थिए । उक्त विरोध सभामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी पनि पुगेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij