Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका १६ पालिकाका कनिष्ठ कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो

निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका १६ पालिकाका कनिष्ठ कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो

  • काठमाडौं । स्थानीय तहमा बरिष्ठ कर्मचारी हुदाँहुँदै पनि कनिष्ट कर्मचारीलाई निमित्त प्रमुख प्रशाकसीय अधिकृतको जिम्मेवारी दिइएका १६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १६ स्थानीय तहका कनिष्ठ निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार खोसेर जिम्मेवारीबाट हटाएको हो ।

    images
    images
    images

    यस निर्णयसँगै, कानुन विपरीत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएका नेपाल स्वास्थ्य सेवा, शिक्षा सेवा तथा स्थानीय प्रशासन सेवाका कनिष्ठ अधिकृतको जिम्मेवारीसमेत खोसिएको मन्त्रालयले जनाएको छ ।

    यसअघि पनि मन्त्रालयले १० नगरपालिका र १३ गाउँपालिकामा कनिष्ठ भएर पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका कर्मचारीलाई जिम्मेवारीबाट हटाएको थियो ।

    अझै पनि कतिपय स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारी सम्हाल्दै आएका छन् । ति पालिकामा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर कर्मचारी पठाए पनि स्थानीय जनप्रतिनिधिले हाजिर नगराएर फिर्ता पठाउने गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij