Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपाली युवाको उद्धार, शुक्रवार नेपाल आइपुग्दै

नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपाली युवाको उद्धार, शुक्रवार नेपाल आइपुग्दै

  • काठमाडौं । नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपाली युवाको उद्धारपछि शुक्रबार नेपाल आइपुग्ने भएका छन् ।

    दलालको प्रलोभनमा परी युक्रेन पुगेका उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा उद्धार गरिएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई युक्रेनी सेनाले बुधबार माल्दोभामा छाडेको हो ।

    अध्यक्ष केसीका अनुसार उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत माल्दोभाबाट नेपाल फर्काउने व्यवस्था गरिएको छ । उनीहरू शुक्रबार दिउँसो काठमाडौँ आइपुग्नेछन् ।

    भारतको नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा उनीहरू युक्रेन पुगेका थिए । उनीहरू गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थुनिएका थिए ।

    उद्धारमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष डा. केसीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij