
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । कमलपोखरीस्थित सानदार मःम पसलमा बिहीबार बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको छ ।
घाइते ११ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले जानकारी दिए ।
घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरूलाई सुरुमा नजिकैको हिमाल अस्पताल लगिएको थियो । थप उपचार गर्न जरुरी भएपछि लाई कीर्तिपुर लगिएको हो ।
घाइतहरू परिचय खुलाइएको छैन । यद्यपि उनीहरू सबै मःम पसलमा काम गर्ने मजदुर रहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij