Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दलितमाथि हिंसा गरेको भन्दै गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन

दलितमाथि हिंसा गरेको भन्दै गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन

  • काठमाडौं । दलितमाथि हिंसा गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

    images
    images
    images

    अन्तरजातीय बाल विवाहको विषयमा गृहमन्त्रीकै निर्देशनमा अत्याचार भएको भन्दै प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी दलित अधिकारकर्मी खगेन्द्र सुनारलगायतले गृहमन्त्रीले नै दलितमाथि अत्याचार गरेको भन्दै राजीनामा माग गरेका हुन् ।

    राज्यका निकायमा बसेका मान्छेले नै दलितमाथि अत्याचार गरेको सुनारको आरोप छ । उनले कांग्रेस शीर्ष नेतासँग दलितमाथिको भएको विभेदको धारणा माग गर्ने बताए । त्यस्तै सुनारले कांग्रेस पार्टी कार्यालय, दलीय आयोग लगायतका निकायमा धर्ना दिने उल्लेख गरे ।

    यता अन्तरजातीय बाल विवाहको विषयमा गृहमन्त्रीको बारेमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन गरिएको भन्दै गृह मन्त्रालयले आपत्ती जनाएको छ ।

    मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद् बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ । संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्‍याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिवद्ध रहेको मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij