
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउन आदेश गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले मंगलबार उक्त आदेश गरेको हो ।
प्रहरीले भारतबाट पक्राउ गरी झालाई सरकारले जिल्ला अदालत काठमाडौंमा पूरक अभियोग पत्र दर्ता गराएको थियो ।
उक्त अभियोगमा जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएकोमा त्यसविरुद्ध झा सुरुमा उच्च अदालत पाटन पुगे पनि पाटनले जिल्लाकै आदेश सदर गरेपछि उनी माघ २ गते सर्वोच्च अदालत पुगेका थिए ।
झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij