
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्ष नियुक्तिविरुद्ध उच्च अदालत विराटनगरमा अवहेलना मुद्दा परेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले माघ १७ गते सुरजबहादुर श्रेष्ठलाई समितिको अध्यक्षमा नियुक्त गरेसँगै पूर्वअध्यक्ष इन्द्रकुमार योञ्जन तामाङले उच्च अदालतमा रिट दायर गरेका थिए ।
तामाङले आफूलाई काम गर्न दिनू भन्ने अदालतको आदेशविपरीत काम गर्न नदिएको र नयाँ नियुक्ति गरेको जनाउँदै बोर्ड र बोर्डका सदस्यसचिव कृष्ण बस्नेतलाई विपक्षी बनाएर उच्चमा माघ २० गते अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।
२०८० चैत्र २३ गते समितिको अध्यक्षमा नियुक्त भएका तामाङलाई माघ १७ गते बोर्डका सदस्यसचिव बस्नेतले निलम्बन गरेका थिए । निलम्बनसँगै तामाङले उच्चमा रिट दायर गरेका थिए । सोही क्रममा अदालतले बोर्डको निर्णय कार्यान्वयन नगर्न र तामाङलाई काम गर्न दिन गत भदौ १२ गते अन्तरिम आदेश दिएको थियो ।
बोर्डले अदालतको आदेशविपरीत विराटनगर–११ का श्रेष्ठलाई माघ १७ गते अध्यक्षमा नियुक्ति दिएको थियो ।
भदौ २० गते न्यायाधीश विपुल न्यौपाने र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजालासले तामाङलाई समितिको अध्यक्षमा रहेर काम कारबाही गर्न दिनू भन्ने आदेश दिएको थियो । अध्यक्ष नियुक्तिविरुद्धको रिटको पेशी फागुन २६ गतेलाई तोकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij