Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

बेलायतका राजकुमार आइपुगे नेपाल

बेलायतका राजकुमार आइपुगे नेपाल

  • काठमाडौं । बेलायतका राजकुमार एडवार्ड करिब एक साताको निजी भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका छन् । आइतबारदेखि भारत भ्रमणमा रहेका राजकुमार एडवार्ड मंगलबार दिउँसो दिल्लीबाट काठमाडौं आएका हुन् ।

    उनलाई अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव अमृत राईलगायतले स्वागत गरेका थिए । उनले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    राजकुमारी सोफिया भने मंगलबार बिहान लण्डनबाट नेपाल आएकी थिइन् । नेपाल भ्रमणका क्रममा उनीहरू काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी हुने र त्यसपछि पोखरा जाने तय भएको छ ।

    राजकुमार दम्पती आगामी आइतबार स्वदेश फर्किने भ्रमण तालिका छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij