Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चन्द्रागिरीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

चन्द्रागिरीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

  • काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–९ चुनदेबी चोकमा बा.४ ख १७० नम्बरको गाडी र बा.प्र.०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका–९ बस्ने ३९ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका उनको सतुङ्गलस्थित एपिएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको बिएण्डबि अस्पताल ललितपुरमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij