Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल टेलिकमले कमायो एक वर्षमा सवा ६ अर्ब नाफा

नेपाल टेलिकमले कमायो एक वर्षमा सवा ६ अर्ब नाफा

  • काठमाडौं । नेपाल टेलिकमले एक वर्षमा ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।

    images
    images
    images

    २१ औँ वार्षिकोत्सवमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को कुल आयव्ययसहित विवरण सार्वजनिक गर्दै टेलिकमले कुल मुनाफा ६ अर्ब २३ करोड रुपैयाँ कमाएको जनाएको हो ।

    ‘कम्पनीको वित्तीय अवस्थालाई नियाल्दा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड छ ।,’ टेलिकमले बताएको छ ।

    जुन अघिल्लो आर्थिक वर्षको तुलनामा केही कमी रहेको टेलिकमले बताएको छ । अर्थतन्त्रका सूचक नकारात्मक भएको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमार्फत कम्पनीले भनेको छ ।

    चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आय आर्जन गरिसकेको बताइएको छ । त्यस्तै, टेलिकमको ग्राहक सङ्ख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेको बताइएको छ ।

    जीएसएमतर्फ २ करोड ७ लाख ७४ हजार र पीएसटीएन सेवाका ग्राहक ८७ हजार, एचटीटीफ भ्वाइस सेवा लिने ३ लाख ८० हजार रहेको टेलिकमले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij