
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटनामा परेको छ । सुदूपश्चिम प्रदेशको ०४-००१ ख ००२ नम्बरको शिवपुरी यातायातको कैलालीको लम्कीचुहा नगरपालिका-३ गोराङ्गेमा दुर्घटना भएको हो ।
बसमा ४५ जना यात्रु सवार रहेकोमा दार्चुलाकी २२ वर्षीया सपना बोहोरा बेहोस भएकी छन् । उनको लम्किस्थित लालरत्न अस्पतालमा उपचार भइहरेको छ ।
दुर्घटनामा चार जना घाइते भएकोमा उनीहरूको अवस्था सामान्य छ । अन्य यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij