Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विमानस्थलबाट अवैध सुनसहित महिला पक्राउ

विमानस्थलबाट अवैध सुनसहित महिला पक्राउ

  • काठमाडौं । अवैध सुनसहित प्रहरीले काठमाडौंबाट एक महिलालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातुको रीङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री एक थान, औंठी एक थान र बाला एक थान गरी करिब ९८ ग्राम तौलको धातुसहित काठमाडौं महानगरपालिका-१५ स्वयम्भु घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौं आएकी गुरूङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij