Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

काठमाडौं महानगरको प्रारम्भिक बाल विकास बालबालिका भर्ना

काठमाडौं महानगरको प्रारम्भिक बाल विकास बालबालिका भर्ना

  • काठमाडौं । काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा एकै दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका छन् । माघ २१ गते मनाइएको सरस्वती पूजाको अवसर पारेर ५३२ जना छात्रा र ४३९ जना छात्र बालबालिका भर्ना भएका हुन् ।

    images
    images
    images

    महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये ८१ वटामा प्रारम्भिक बाल विकास कक्षा (ईसीडी) सञ्चालनमा छ ।

    सबभन्दा धेरै विद्यार्थी भर्ना भएको विद्यालय कन्या माध्यमिक विद्यालय न्होखामा ६५ जना छात्रा छन् । ज्ञानोदय माध्यमिक विद्यालय बाफलमा ६० जना, जनपथ माध्यमिक विद्यालय कलंकीमा ४२ जना, कुलेश्वर माध्यमिक विद्यालय कुलेश्वरमा ४१ जना विद्यार्थी भर्ना भएका छन् ।

    यस्तै नीलवाराही माध्यमिक विद्यालय टंकेश्वर, सरस्वती निकेतन माध्यमिक विद्यालय ब्रह्मटोल, सितला माध्यमिक विद्यालय बालाजुमा प्रत्येक ववदि्यालयमा ४०÷४० जना बालबालिका भर्ना भएका छन् ।

    प्रारमि्भक बाल विकास कक्षाहरूमा बाल केन्द्रीत सिकाइको स्तरवृदि्ध गर्न महानगरपालिकाले काठमाडौँ विश्वविद्यालयसँग …स्कूल टिच प्रोग्रामÚअन्तर्गत पूर्वाधार, उपलब्धता, उपलब्ध सामग्रीको प्रयोग, शिक्षकहरूको क्षमतालगायत कोणबाट अध्ययन गरेको थियो ।

    सहरी योजना आयोगका सदस्य इञि्जनियर शैलेन्द्र झाका अनुसार अध्ययनले देखाएको आवश्यकता पूर्ति गर्दै बाल बिकासका कक्षाहरूको स्तरवृदि्धमा काम भइरहेको छ । यसअन्तर्गत विद्यार्थीहरूको संख्या, उपलब्ध स्थानलगायत स्थानको आधारमा ८१ वटा विद्यालयका प्रारमि्भक बाल विकास कक्षामा शिक्षण सिकाइ सामग्रीका लागि ८ करोड ६५ लाख रुपैयाँ पठाइएको छ ।

    यस्तै शिक्षकहरूलाई २ चरणमा ४८ घण्टे तालिम प्रदान गरिएको छ । यसपछि आया र इसिडीका अतिरिक्त सहजकर्ता पठाउने तयारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij