Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

बेलायती राजकुमार दम्पती आज नेपाल भ्रमणमा आउँदै

बेलायती राजकुमार दम्पती आज नेपाल भ्रमणमा आउँदै

  • काठमाडौं । बेलायतका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया निजी भ्रमणका लागि आज नेपाल भ्रमणमा आउने भएका छन् । राजकुमार दम्पती विमानमार्फत साढे १० बजे नेपाल आइपुग्ने भएका हुन् ।

    केही दिनअघि मात्रै सोफियाको ६० औं जन्मदिन मनाएका उनीहरू ६ दिने भ्रमणका लागि निस्किएका बेलायती सञ्चार माध्यम मिररले उल्लेख गरेको छ ।

    नेपाल भ्रमणका क्रममा उनीहरूले पोखराको ब्रिटिश गोर्खा क्याम्पमा हालै बेलायती सेनामा छनोट भएकाहरूलाई ब्याज वितरणका लागि गरिने परेडमा सहभागी हुनेछन् । साथै, अन्नपूर्ण हिमश्रृंखला र घान्द्रुकको समेत भ्रमण गर्नेछन् ।

    नेपाल बसाइको क्रममा, एडिनबर्गले स्वास्थ्य सेवा, मानव बेचबिखन पिडित र लैगिक हिंसा पिडितहरूलाई सहयोग प्रदान गर्ने संस्थाका प्रतिनिधिहरूसँग भेट्ने कार्यक्रम रहेको छ । सोफी संयुक्त राष्ट्रको महिला, शान्ति र सुरक्षा एजेन्डाकी च्याम्पियन हुन् ।

    राजकुमार दम्पतीको नेपालमा सुरक्षा प्रवन्ध नेपाली सेनाले गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij