
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय मुक्ति मोर्चा, किरात याक्थुङ चुङलुङ लगायतका संघ संस्थाहरुले नो केबलकार भन्दै काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले मुक्कुम्लुङ पवित्रस्थलमा केवलकार खारेज गर, सुरक्षाकर्मी फिर्ता गर, आदिवासीको भूमि फिर्ता गर, आदिवासीलाई विस्थापित गर्ने विकास चाहिदैन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
त्यस्तै उनीहरुले जनताहरुमाथि गोली चलाउने काम भएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij