Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

शेयर बजारमा हरियाली

शेयर बजारमा हरियाली

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार हरियाली छाएको छ ।  आज नेप्से ६९.८० अंकले बढेर २ हजार ७ सय २७ दशमलव ५८ विन्दुमा बन्द भएको हो ।

    images
    images
    images

    नेप्सेका अनुसार आज १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा २०२ कम्पनीको शेयरमूल्य बढ्दा ३७ को घटेको छ भने ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    आजको कारोबारमा सात कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।  यी कम्पनीहरूको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै आज तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेका छ ।

    सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा आज नकारात्मक सर्किट लागेको छ । आज एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ४१ करोड ९७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij