
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आइतबार दिउँसो १ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।
संसद सचिवालयले जानकारी दिएअनुसार आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
यस्तै राष्ट्रिय सभाको बैठकमा विशेष समयमा आठ जना सांसदले बोल्ने कार्यसूची रहेको छ । संसदको चालू अधिवेशन गत शुक्रबारबाट सुरू भएको हो । प्रतिनिधि सभाको बैठक भने आगामी माघ २४ गते बस्ने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij