Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

  • काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। शुक्रबार उनीविरुछ रौतहट जिल्ला अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरिएको हो ।

    images
    images
    images

    साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।

    अध्यक्ष शाह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध दर्ता भएको सो मुद्दा सुनुवाइका लागि जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा पेशी तोकिएको छ । महासचिव साहविरुद्ध परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि लगाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij