
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको कारबाही कानूनसम्मत रहेको बताएका छन् ।
सोमबार पार्टीको संसदीय दलको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘रवि लामिछानेमाथि जे कारबाही भइरहेको छ, त्यो नेपालको कानूनबमोजिम भइरहेको छ । कानूनबमोजिम नै अदालतले कारबाही गरिरहेको छ । धरौटीमा छोडिरहेको छ । त्यो कुरालाई सबैले सम्मान गर्नुपर्छ ।’
लामिछानेमाथि सरकारले कुनै प्रतिशोध नसाँधेको उनी बताउँछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij