Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

रविविरुद्धको मुद्दा आज पनि आएन आदेश

रविविरुद्धको मुद्दा आज पनि आएन आदेश

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस जिल्ला अदालत रुपन्देहीमा आज पनि जारी रह्यो । बहस नसकिएपछि न्यायाधीशले आइतबार पुनः उपस्थित हुने गरी लामिछानेलाई छोडेका छन् ।

    images
    images
    images

    आज जाहेरीकर्ताको तर्फबाट तीनजना र प्रतिवादीको तर्फबाट तीन वकिलले बहस गरे । जाहेरीकर्ताका तर्फबाट सुरेन्द्र भण्डारी, आरसी गौतम र सैलेन्द्र कुमार यादवले बहस गर्दै लामिछानेलाई थुनामा पठाउन माग गरेका थिए ।

    प्रतिवादी तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा र अर्का वकिलले लामिछानेलाई साधारण तारेखमा छोड्नुपर्नेमा जोड दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij