
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । महानगर प्रहरीको पोशाक र दज्र्यानी चिन्हलाई लिएर काठमाडौं महानगरपालिका र नेपाल प्रहरीबीच लफडा भएको छ । नेपाल प्रहरीले महाननगर प्रहरीले लगाउने पोशाक र दज्र्यानी चिन्हको वैधतामाथि प्रश्न उठाएपछि लफडा भएको हो ।
प्रशासन विभागका विभागीय प्रमुख ध्रुवकुमार काफ्लेले शुक्रबार नेपाल प्रहरीलाई पत्र लेख्दै महानगर प्रहरीको पोशाक र दज्र्यानी चिन्हको प्रयोग कानुनी र संविधानसम्मत रहेको स्पष्ट पारेका छन् ।
‘नेपालको संविधान, २०७२ मा नगर प्रहरीलाई स्थानीय सरकारको प्रशासनिक निकायको रुपमा मान्यता प्राप्त छ र यसका अधिकारहरू संविधान र प्रचलित काुूनी प्रावधानअनुसार सञ्चालित छन्,’ पत्रमा भनिएको छ ।
काठमाडौं महानगरले नगर प्रहरी ऐन, २०८० जारी गरी स्थानीय राजपत्रमा प्रकाशित गरेको र यसले नगर प्रहरीको कार्य प्रणाली, पोशाक र चिन्हको व्यवस्था गरेको स्पष्ट पारिएको विभागीय प्रमुख काफ्लेले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij