Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

ट्रम्पले समावेशी कर्मचारीहरुलाई दिए तलबी बिदा

ट्रम्पले समावेशी कर्मचारीहरुलाई दिए तलबी बिदा

  • काठमाडौं । सोमबार कार्यभार सम्हालेका राष्ट्रपति डोनाल्ड ट्रम्पले समावेशी कर्मचारीहरुलाई तलबी बिदा दिएका छन् । अमेरिकाको विविधता, समानता र समावेशिताको नाममा दिइएका पदहरुमा कार्यरत कर्मचारीहरुलाई ट्रम्पले बिदा दिएका हुन् ।

    images
    images
    images

    बिदा तत्काल लागू हुनेगरी दिइएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । समावेशी खण्डमा विभिन्न नाममा जागिर खानेहरुको विपक्षमा थिए ट्रम्प ।

    ट्रम्प आउनुभन्दा अगाडि नै अमेरिकाको गुप्तचरी निकाय एफबीआईले आफ्नो समावेशी कार्यालय बन्द गरेको थियो ।

    सोमबारै आफ्नो शपथग्रहण समारोहपछि ट्रम्पले आफूले आरक्षण होइन, योग्यताको आधारमा काम गर्ने बताएका थिए । उक्त घोषणा गरेको केही समयपछि ट्रम्पले समावेशी कर्मचारीहरुलाई बिदा दिएका हुन् । यसरी दिएको बिदापछि के हुने भन्नेमा भने कुनै बताइएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij