
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिए पनि थुनछेक बहस आज नहुने भएको छ । न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएकोमा बयानका लागि मंगलबार नै उनी भैरहवा पुगेका थिए । लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा मा बुटवल लगेर बयान गराइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij