Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण माग

रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण माग

  • काठमाडौं । उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

    images
    images
    images

    मङ्गलबार न्यायाधीश राजकुमार खतिवडाको एकल इजलासले सो आदेश दिएको हो ।

    सहकारी ठगी प्रकरणका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहितका ७ जनालाई धरौटीमा छाड्ने जिल्लाको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलले उच्च अदालत पोखरामा निवेदन दिएको थियो ।

    लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, सहकारीका संस्थापक अध्यक्ष मीना गुरूङ, संस्थापक उपाध्यक्ष कृष्णबहादुर गुरूङ र कोषाध्यक्ष आरती गुरूङलाई जिल्ला अदालत कास्कीले पुस २५ गते धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij