Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

माओवादी केन्द्रले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा

माओवादी केन्द्रले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ । समितिको मङ्गलबारको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राजीनामा मागेका हुन् ।

    images
    images
    images

    लेखा समिति सभापति प्रतिपक्षी दललाई दिनुपर्ने, लेखा समिति सभापतिकी श्रीमती सहकारी ठगी र स्वकीय सचिव ठगी गरेको आरोप लागेको अवस्थामा पोखरेलले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

    पोखरेलले भने, ‘सभापतिमाथि नैतिक प्रश्न उठेपछि मार्गप्रशस्त गरिदिने र लोकतान्त्रिक ढङ्गले प्रतिपक्षी दललाई दिन माग गर्दछु ।’
    साथै, सार्वजनिक लेखा समितिलाई सरकारको लाचार छाया बनाइएको पनि दाहालले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij