
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । महिला प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा ३७ रनको लक्ष्य आर्मीले ६.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो ।
आर्मीका लागि सम्झना खड्का ३२ रनमा अविजित रहिन् । अन्जली विश्वकर्माले ६ रन बनाउँदा रुबी पाद्दार १ रनमा अविजित रहिन् ।
यसअघि कोशी निर्धारित ७ ओभरमा ५ विकेटको क्षतिमा ३६ रन बनाएर अलआउट भएको थियो ।
कोशीका लागि सृम्ती कटुवालले १४ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
आर्मीका लागि मनिषा चौधरीले ३ तथा सुस्मिता भुसालले २ विकेट लिइन् । खराब मौसमका कारण खेललाई ७ ओभरमा घटाइएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij