
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका छन् ।
केहीबेअघि त्रिभुवन विमानस्थल उत्रिएका उनले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाबका लागि आएको बताए ।
उनले सरकारले जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्न सक्नुपर्ने भन्दै आफू थोत्रे गाग्री बोकेर काठमाडौं जान लागेको बताएका थिए । हिजो उनले समर्थकहरूलाई भेला पारेर भानु चोकमा गाग्रीसहित प्रदर्शन गरेका थिए ।
साम्पाङले भोलि खाली गाग्रीसहित सिंहदरबार छिरेर खानेपानीमन्त्री र प्रधानमन्त्रीलाई भेट्ने बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij