Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

त्रिपाठीमाथि कुटपिटको आरोपमा पक्राउ पर्नेको संख्या ३ पुग्यो

त्रिपाठीमाथि कुटपिटको आरोपमा पक्राउ पर्नेको संख्या ३ पुग्यो

  • काठमाडौं । प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा थप एकजनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार झापा बुद्ध शान्ती गाउँपालिका-४ घर भई काठमाडौं शान्तीनगर बस्ने ५५ वर्षीकी शीतल राई भन्ने सितादेवी राईलाई पक्राउ गरिएको हो ।

    योसँगै त्रिपाठीमाथि कुटपिट आरोपमा पक्राउ परेका व्यक्तिहरूको संख्या ३ जना पुगेको छ । यसअघि हुम्ला अदानचुली गाउँपालिका- ४ घर भई काठमाडौं सूर्यदर्शन हाइट ३२ वर्षीय महेन्द्र पाण्डे र दोलखा तामाकोशी गाउँपालिका- १ घ भई ललितपुर महालक्ष्मी- ५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी पक्राउ गरिएको थियो ।

    पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    यहि माघ २ गते काठमाडौं अदालतको परिसरमा त्रिपाठीमाथि हातपात भएको थियो । सहकारी रकम अपचलनमा रविविरुद्धको मुद्दामा त्रिपाठीले सहकारीपीडितको तर्फबाट बहस गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij