Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

  • काठमाडौं । नेपाली कांग्रेसनिकट लोकतान्त्रिक खेलकुद संघले माघ १० गतेदेखि आयोजना गर्न लागेको सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

    images
    images
    images

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले प्रतियोगिताको खेल तालिका सार्वजनिक सार्वजनिक गरेको हो । तालिका अनुसार उद्घाटन खेलमा चर्च व्वाईज फुटबल क्लव र संकटा क्लवबीच खेल हुने छ । त्यस्तै माघ ११ गते मच्छिन्द्र र एपिएफ क्लव, १२ गते पुलिस क्लव र बागमति क्लव र माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लवबीच खेल हुने आयोजकले जनाएको छ ।

    लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा दशरथ रंगशालामा हुन लागेको उक्त प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउनेछ । उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

    सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार र प्लेयर अफ द म्याचलाई १५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।

    पत्रकार सम्मेलनमा कांग्रेस सांसद एवं महाधिवेशन निर्देशक समितिका संयोजक मोहन बहादुर बस्नेतले नेपालमा खेल क्षेत्रको बिकासका साथै खेलाडीहरुलाई स्वदेशमा नै अवसर प्रदान गर्ने उदेश्यका साथ प्रतियोगीता आयोजना गरिएको जानकारी दिए ।

    प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र समापन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij