
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । सामाजिक सञ्जाल एप टिकटक अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै बन्द भएको छ । अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा “तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न” भन्ने सन्देश देखिरहेका छन् ।
यसको पछाडि एपले प्रतिबन्ध लगाउने अमेरिकी कानूनलाई उद्धृत गरेको छ । धेरै प्रयोगकर्ताहरूले टिकटकलाई एप स्टोरबाट पनि हटाइएको र भिडियोहरू टिकटक डटकममा नदेखिएको बताए ।
टिकटकले भन्यो , “हामी भाग्यमानी छौं कि ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटक पुन: सुरु गर्ने विकल्पमामा हामीसँग काम गर्ने संकेत गरेका छन् ।”
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिन सक्ने बताएका छन् । वास्तवमा, अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij