Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रधानमन्त्री ओली र इजरायलका राजदूत स्मुलिकबीच भेटवार्ता

प्रधानमन्त्री ओली र इजरायलका राजदूत स्मुलिकबीच भेटवार्ता

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा उनीहरूबीच दुई पक्षीय सम्बन्ध र हितका विविधि विषय, सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको हो ।

    भेटमा राष्ट्रियसभा सदस्य एवं इजरायलका लागि पूर्वनेपाली राजदूत डा. अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij