Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाइयो

इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाइयो

  • काठमाडौं । जेल सजाय काटिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामावादको एक अदालतले अल-कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाएको छ । साथै, १० लाख रुपैयाँ जरिवाना तोकेको बीबीसीले जनाएको छ ।

    images
    images
    images

    सोही मामिलामा अदालतले इमरानकी पत्नी बुशरा बिबीलाई सात वर्षको जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना तोकेको छ । अदालतले अल कादिर ट्रस्टलाई नियन्त्रणमा लिन पनि सरकारलाई आदेश दिएको छ ।

    अदालतले यो सजाय सुनाउँदा इमरान, उनकी श्रीमती र अन्य पीटीआई नेताहरू अदालतमा उपस्थित थिए ।

    इमरान र उनकी पत्नीविरुद्ध १९० मिलियन पाउण्ड तथा अल-कादिर ट्रस्ट मुद्दा निजी आवास समाज बहरिया टाउनद्वारा अल-कादिर विश्वविद्यालयलाई ४५० कनल (५६ एकड)भन्दा बढी जग्गा दानसँग सम्बन्धित छ ।

    पूर्वप्रधानमन्त्री खान र उनकी पत्नी अल-कादिर विश्वविद्यालयका ट्रस्टी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij