Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

उपाधिका लागि आर्मीलाई १०३ रनको लक्ष्य

उपाधिका लागि आर्मीलाई १०३ रनको लक्ष्य

  • काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई नेपाल पुलिस क्लबले  १०३ रनको लक्ष्य दिएको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी फाइनल खेलको तेस्रो दिन पुलिस १३९ रनमा अलआउट भएको हो ।

    images
    images
    images

    यसअघि आर्मी आफ्नो पहिलो इनिङ्समा ३९.५ ओभरमा १७० रनमा अलआउट भएको थियो । यससँगै जितको लागि आर्मीले १०३ रनको लक्ष्य पाएको हो ।

    पुलिसका लागि कुशल भूर्तेलले ४५ र दिलिप नाथले ३४ रन बनाए । पुलिसका अन्य खेलाडी चल्न सकेनन् ।

    आर्मीका लागि साहब आलम र बसिर अहमदले ५–५ विकेट लिए । आमलले २५ ओभरमा ७५ रन खर्चे । सो क्रममा उनले ४ मेडन ओभर फाले ।

    बसिरले २२.१ ओभरमा ४९ खर्चेर ५ विकेट लिए । सो क्रममा उनले ६ मेडन ओभर फाले । अहिले आर्मीले ब्याटिङ गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij