Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मोटरसाइकल दुर्घटनामा एमाले नेता राईको मृत्यु

मोटरसाइकल दुर्घटनामा एमाले नेता राईको मृत्यु

  • काठमाडौं । सुनसरीको इटहरी २० तरहरामा भएको सवारी दुर्घटनामा परि भोजपुर हतुवा गढीका विजय राई (मुकेश) को मृत्यु भएको छ ।

    images
    images
    images

    उनी एमालेका स्थानीय नेता हुन् । उनी सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा राईको मृत्यु भएको हो ।

    उनी नेकपा एमाले भोजपुर हतुवागढी गाउँपालिका -५ का अध्यक्ष हुन् ।

    इटहरी उपमहानगरपालिका-२० हिमशिखर बोर्डिङ स्कुल नजिकै भित्री सडक खण्डमा तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

    दुर्घटनामा परि गम्भीर घाइते भएका राईको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । दुर्घटनामा परि इटहरी २० बस्ने १९ वर्षीय अनिष बस्नेत घाइते भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij