Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सिंहदरबारमा सुरु भयो विपक्षी दलहरूको बैठक

सिंहदरबारमा सुरु भयो विपक्षी दलहरूको बैठक

  • काठमाडौं । संसद्का विपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । 

    images
    images
    images

    बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायत दलका नेता समभागी छन् । बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् ।

    कांग्रेस-एमाले गठबन्धन सरकारले जनप्रिय काम नगरेको विपक्षी दलहरूको आरोप छ । केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो । 

    त्यस क्रममा उनीहरूले समाजवादी मोर्चालाई सक्रिय बनाउने निर्णय गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij