Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

अमेरिकामा आगलागीबाट मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो, २३ जना बेपत्ता

अमेरिकामा आगलागीबाट मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो, २३ जना बेपत्ता

  • काठमाडौं । अमेरिकाको लस एन्जलसमा आगलागीका मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । साथै २३ जना बेपत्ता भएका छन् । मङ्लबार बिहानसम्म आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।

    आगो अझै फैलिरहेका क्षेत्रहरूमा पालिसेड्स, इटन र हस्र्टलगायत रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

    आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पलिसेडेस पहिलो स्थानमा छ । यहाँ २३ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको आगो १४ प्रतिशत मात्रै नियन्त्रणमा आएको छ । पाँच हजारभन्दा बढी आगो निभाउनमा जुटेका छन् ।

    आगलागीबाट दोस्रो बढी प्रभावित क्षेत्र इटनमा ३३ प्रतिशत मात्रै नियन्त्रणमा आएको छ । अहिले पनि १४ हजार एकडभन्दा बढी क्षेत्रमा आगो बलिरहेको छ ।

    आगो शतप्रतिशत नियन्त्रणमा आउन सकेको छैन । तर आगो अझै फैलिनबाट भने रोकिएको छ ।

    नेसनल वेदर सर्भिसका मौसमविद् रिच थम्पसनले सान्ता आना हावाका कारण आगो फैलिएको बताए । अमेरिकी राष्ट्रपति जो बाइडनले २४ जनाको मृत्युको खरबरले आफ्नो हृदय दुःखेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij