
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसम्बद्ध सहकारीको बचत अपचलनसम्बन्धी मुद्दाको थुनछेक बहसमा अहिले सरकारी वकिलको तर्फबाट फणीन्द्र कटुवालले बहस गरिरहेका छन् ।
इजलासले २ घण्टामा बहस सिध्याउने गरी कानून व्यवसायीहरुलाई आग्रह गरेपछि लामिछानेको तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय सुशीलकुमार पन्त र रमणकुमार श्रेष्ठले मात्रै बहस गर्ने भएका छन् ।
तर, उनीहरू अहिलेसम्म अदालत पुगिसकेका छैनन् । उनको तर्फका वकिलहरू संयोजन गरिरहेका अधिवक्ता यज्ञमणि न्यौपानेले दुवै पूर्वमहान्यायाधिवक्ता अदालतबाट नजिकैको दूरीमा रहेकाले पालो आउनासाथ इजलासमा उपस्थित हुनेछन् । ११ सरकारी वकिल र जाहेरवालाका केही वकिल पनि वकालतनामा पेश गरेका कारण आफूहरुले धेरैलाई बहस गराउन नचाहेको न्यौपानेले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij