Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगी कसुरका आरोपित रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । आइतबार बिहान कार्यालय समय सुरु हुनुअघि नै उनी अदालत पुगेका हुन् ।

    images
    images
    images

    उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दायर गरिएको हो ।

    गएको बिहीबार लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी रकम बुझाएर उनी बिहीबार नै थुनामुक्त भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij