Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

नक्कली इन्सपेक्टर बनेर ठगी गर्ने व्यक्ती काठमाडौंबाट पक्राउ

नक्कली इन्सपेक्टर बनेर ठगी गर्ने व्यक्ती काठमाडौंबाट पक्राउ

  • काठमाडौं । नक्कली इन्सपेक्टर बनेर ठगी गर्ने दुई व्यक्तीहरु काठमाडौंबाट पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रहरीको अनुसार नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाक लगाएर प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई काठमाडौकों थापाचोक बस्ने ३८ वर्षीय सुदीप थापा र सप्तरी कडक नगरपालिका–१० घर भई कोटेश्वर बस्ने ४४ वर्षीय किशोर कुमार चौधरीले ठगी गरेका हुन् ।

    images

    उनीहरुले प्रहरीको पोशाक लगाएर नक्कली प्रहरी परिचयपत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटो समेत खिचि विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क रहेको भनी प्रलोभनमा पारी वैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाईदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेका हुन् । उनीहरुले ठगी गरिरहेको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    उनीहरूलाई ठगी तथा लिखत सम्बन्धी कसूर (किर्ते) मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
    घटनाका सम्बनधमा विस्तृत अनुसन्धान सुरु गरेर कानूनी कारवाहीको प्रकृया अघि बढेको प्रहरीले बुलेटिन मार्फत जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij