Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

किशोरीलाई बलात्कार गरेको अभियोगमा पूर्वमेयर शिवाकोटी जेल चलान

किशोरीलाई बलात्कार गरेको अभियोगमा पूर्वमेयर शिवाकोटी जेल चलान

  • काठमाडौं । घरमा काम गर्न राखिएकी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी जेल चलान भएका छन् ।

    images
    images
    images

    मंसिर २४ मा पक्राउ परेका शिवाकोटी हिजोबाट जेल चलान भएका हुन् । झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन सोमबार आदेश दिएको श्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए ।

    पूर्वमेयर शिवाकोटीविरुद्ध पीडितले किटानी जाहेरी दिएकी थिइन् ।

    आइतबार शिवाकोटीसँग बयान लिइएको थियो । उनको पक्षमा अशोक पोखरेल, गजेन्द्र आचार्य, टंक उप्रेती, बालकुमार कट्वाललगायतका कानून व्यवसायीले बहस गरेका थिए ।

    यसअघि अदालतले उनलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उनी पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा बस्दै आएका थिए । पूर्वमेयर शिवाकोटीको उपचारको व्यवस्था मिलाउन पनि कारागार प्रशासनलाई पत्राचार गरिएको अदालतले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij