
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ सय ८० रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको अभियोगमा सर्वोच्च अदालतमा दायर भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदैछ ।
अख्तियारले नक्कली पुर्जा बनाएर वनको जग्गा दर्ता गर्ने गरी भ्रष्टाचार गरेको भन्दै २०७० असारमा सङ्खुवासभाको चैनपुर मालपोत प्रमुखसहित सबै कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले दोषी ठहर हुने फैसला सुनाएपछि उक्त फैसला विरुद्ध उनीहरूले ०७६ पुसमा सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।
सो मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सुनिलकुमार पोखरेलको पूर्ण इजलासमा पेसी तोकिएको हो । सर्वोच्चले आज सुनुवाइ गर्दै विशेषको फैसला सदर गरेमा उक्त जग्गा सरकारी ठहर हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij