Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

काङ्ग्रेसले फुटबल प्रतियोगिता आयोजना

काङ्ग्रेसले फुटबल प्रतियोगिता आयोजना

  • काठमाडौं : नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले स्वर्गीय नेताहरुको सम्मानमा विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने भएको छ ।

    images
    images
    images

    नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशक समितिले बिहीबार काङ्ग्रेस पार्टी कार्यालय सानेपमा पत्रकार सम्मेलन गर्दै बीपी कोइराला, गणेशमान सिंहदेखि दुर्गानन्द झासम्मका ३६ नेताहरुको सम्मानमा फुटबललगायत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गरेको जनाएको हो ।

    images

    जसअनुसार माघ १० देखि १७ गतेसम्म काठमाडौंको दशरथ रङ्गशालामा सभापति कप फुटबल प्रतियोगिता हुने महाधिवेशन निर्देशक समितिका संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिए । विजेताले २६ लाख र उपविजेताले १३ लाख प्राप्त गर्ने र प्रतियोगितामा राष्ट्रिय स्तरका ए डिभिजन क्लबका साथै दुई विदेशी टोलीको समेत सहभागिता रहने उनले बताए । प्राविधिक सहयोग अखिल नेपाल फुटबल सङ्घ एन्फाले गर्नेछ । त्यस्तै, तेक्वान्दो माघ १८–१९ मा कैलालीको धनगढीमा हुने बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij