Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रसुवागढी हाइड्रोपावर कम्पनीको निर्माण सम्पन्न, व्यापारिक उत्पादन सुरु

रसुवागढी हाइड्रोपावर कम्पनीको निर्माण सम्पन्न, व्यापारिक उत्पादन सुरु

  • काठमाडौं : रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण सम्पन्न गरेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट विद्युतको व्यापारिक उत्पादन सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीको पुस १७ गते दिउँसो बसको सञ्चालक समितिको निर्णय अनुसार पुस १६ गतेदेखिनै लागू हुने गरी आयोजनाबाट उत्पादित विद्युतको व्यापारीक उत्पादन सुरु भएको हो । यस कम्पनीले रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमुरेको सिमाना हुँदै बहने भोटेकोशी नदीको पानी उपयोग गरी उक्त आयोजना निर्माण सम्पन्न गरेको हो । यस कम्पनीको अधिकृत पूँजी ७ अर्ब र जारी पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ छ ।

    AGNI GROUP

    आयोजनाको निर्माण लागत नेपाल विद्युत प्राधिकरणसँग आयोजनाको विद्युत खरीद विक्री सम्झौता गर्ने समयमा तयार पारिएको आयोजनाको लागत अनुमानका आधारमा निर्माण अवधिको ब्याज बाहेक १३ अर्व ६८ करोड ४२ लाख रुपैयाँ छ । हाल कम्पनीको चुक्तापूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ कायम रहेको छ ।

    चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी १ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । विद्युत विक्री आम्दानी नभइरहेको अवस्थामा कम्पनीले खुद नोक्सानी कम गर्दै गएको अवस्था थियो । गत असार मसान्तसम्म कम्पनीको खुद नोक्सानी ४ करोड २९ लाख रुपैयाँभन्दा बढी थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट