Logo

Jun 03 2025 | २०८२, जेठ २० गते

Jun 03 2025 | २०८२, जेठ २० गते

नर्भिक इन्टरनेशनल अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु

नर्भिक इन्टरनेशनल अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु

  • काठमाडौं : नर्भिक इन्टरनेशनल अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु भएको छ । कन्सल्ट्यान्ट पिडियाट्रिक अर्थोपेडिक सर्जनहरु डा. नितिश विक्रम देव र डा. रुपेश ओडको नेतृत्वमा अस्पतालमा यो सेवा सुरु भएको हो ।बालबालिकामा देखिने हाडजोर्नी, हातखुट्टा र मेरुदण्डका समस्याको गुणस्तरीय उपचार सेवाका लागि अस्पतालले पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु गरेको हो।

    images
    images
    images

    जन्मेदेखि १८ वर्ष तथा बालबालिका हुँदाखेरि सुरु भएका समस्याको उपचारका लागि यो सुरु गरिएको हो,कन्सल्ट्यान्ट पिडियाट्रिक अर्थोपेडिक सर्जन डा. देवले भन्नुभयो,शिशु गर्भावस्थामा हुँदादेखिको परामर्शदेखि लिएर जन्मजात हुने समस्या, विकलाङ्गता तथा बालबालिकाको विकासमा हुने समस्या, हातखुट्टा तथा मेरुदण्डमा हुने समस्याहरुका बारेमा परामर्श तथा उपचार दिइन्छ ।

    images

    अर्का कन्सल्ट्यान्ट पिडियाट्रिक सर्जन डा.ओडले नेपालमै पहिलो पटक नर्भिकमा पिडियाट्रिक अर्थोपेडिक सेवा विभाग स्थापना गरेर उपचार सुरु गरिएको बताउनुभयो ।बालबालिकामा हड्डी भाँचिने, जोर्नी खुस्किने, लिगामेन्टको चोटको समस्या, जोर्नी तथा हड्डीमा हुने सङ्क्रमण जस्ता समस्या आउन सक्ने भएकाले तिनीहरुको निवारण तथा भविष्यमा आउन सक्ने समस्यासम्मको उपचार पिडियाट्रिक अर्थोपेडिक विभागमार्फत् गरिने डा. ओडले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij