Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

झिनो अंकले परिसूचकमा बृद्धि भएपनि, प्रिओपन सेसनमा देखियो निराशा 

झिनो अंकले परिसूचकमा बृद्धि भएपनि, प्रिओपन सेसनमा देखियो निराशा 

  • काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबारको प्रिओपन सेसनमा सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । यो सेसनमा ०.९३ अंकले बढ्दै नेप्से २५७७.४३ अंकमा उक्लिएको छ । झिनो अंकले परिसूचकमा बृद्धि भएपनि यो सेसनमा कारोबारमा आएका अधिकांश कम्पनीको मूल्यमा गिरावट आयो । कारोबारमा आएका २९ कम्पनीमध्ये १० को मूल्य बढ्दा १५ को मूल्य घट्यो ।

    images
    images
    images

    ४ कम्पनीको भने स्थिर रह्यो । निरन्तर गिरावटको प्रभाव यो सेसनमा खास सेयर किनबेच भएन । जम्मा ४ हजार १३५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २७ लाख ६ हजार रुपैयाँमै सीमित भयो । यसअघि मंगलबार नेप्से ३३.०८ अंकले घट्दै २५७६.५० को बिन्दुमा ओर्लिएको थियो ।

    नेप्से उच्च अंकले गिरावट भएपनि मंगलबार कारोबार रकममा भने बृद्धि भएको थियो । विशेषगरी निरन्तर गिरावटका बिच लगानीकर्ता बेच्च उत्साहित हुँदा कारोबार रकम बढ्न पुगेको थियो । जसको प्रभाव आजको कारोबारमा पनि पर्ने सम्भावना छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij