Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रविसहित ७ जनाको बयान सकियो

रविसहित ७ जनाको बयान सकियो

  • काठमाडौँ : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाका सभापति रवि लामिछानेसहित ७ जना बयान सकिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा मंगलबार जिल्ला अदालत कास्कीमा उनीहरुको बयान सकिएको हो ।

    images
    images
    images

    रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ बयान लिइएको छ ।उनीहरुसँगको बयान सकिएसँगै मंगलबार दिउँसो २ बजेबाट थुनछेक बहस सुरु भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । शुरुमा अभियोजन पक्ष सरकारी वकिलले बहस गर्नेछन्। त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ।

    पुनः अभियोजन पक्षले जवाफी बहस गरेपछि थुनछेक आदेश आउने छ। यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij