Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृह परिसरमा पूर्वमेयर पीएल सिंहको पूर्ण कदको सालिक राख्ने भएको छ।
काठमाडौँ महानगरपालिकाको आइतबार बसेको ३९ औँ कार्यपालिका बैठकल नगरपालिकालाई महानगर घोषणा गरेसँगै स्थानीय स्वायत्तता, स्वशासन र सुशासनमा पुर्याएको योगदानको सम्मानुमा उनको सालिक निर्माण गर्ने निर्णय गरेको हो। वि सं १९९६ साल चैत ११ गते जन्मिएका सिंहको २०८१ पुस १ गते निधन भएको थियो।
उनी २०४९ साल जेठ ३० गते भएको स्थानीय निर्वाचनबाट ६६ हजार ८७४ मत ल्याएर काठमाडौँ नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। २०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरेर उनले सहरलाई स्तरोन्नति गराएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij