
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं : लुक्लाबाट काठमाडौंका लागि उडेको हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको छ । हेलिकप्टरमा चरा ठोकिएपछि पाइलटले थप जोखिम नलिई सुरक्षित रूपमा काभ्रेपलाञ्चोकको साँगामा आकस्मिक अवतरण गराएका छन् ।
कम्पनीका एक उच्च अधिकारीका अनुसार, ‘चरा ठोक्किए पनि एयरक्राफ्टमा कुनै ठूलो क्षति भएको देखिएको छैन । हेलिकप्टरलाई पुनः उडानका लागि तयारी गरिँदैछ।’ विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार थिए । सबै यात्रु सुरक्षित रहेको स्रोतको भनाइ छ ।
११ बजे लुक्लाबाट उडेको हेलि काठमाडौं आउँदै थियो । ५ जना अमेरिकी नागरिक र एक चालकसहित ६ जना हेलिकप्टरमा सवार छन् । हेलिकप्टरको अहिले पनि साँगामा प्राविधिक जाँच भइरहेको छ । प्राविधिक जाँचपछि हेलिकप्टर काठमाडौं आउने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij